‘काल’ बन्दै क्वारेन्टाइन ! एक हप्तामा ६ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा धमाधम क्वारेन्टाइनममै मृत्यु हुन थालेको छ। पहिलो पटक जेठ १८ मा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भयो। 

बाजुराको बुढीगंगा नगरपालिका-धुरालसैन माविको क्वारेन्टाइनमा बसेकी दुई वर्षीया बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको थियो। उनी बाबु आमासँगै भारतबाट आएकी थिइन्। उनको स्वाबमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो। त्यसयता प्रदेशमा सात दिनमा ६ जनाले क्वारेन्टाइनमा ज्यान गुमाएका छन्। 

बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ।

 

प्रकाशित मिति: : 2020-06-07 17:36:17

प्रतिकृया दिनुहोस्