बेक्रअप स्टोरी

११ वर्षपछि टुट्यो सनी देओल र डिम्पल कपाडियाको प्रेम 

कुनै समय प्रेममा थिए, बलिउडका अभिनेता सनी देओल र अभिनेत्री डिम्पल कपाडिया। उनीहरूले एकअर्कोलाई मनपराए तर दुर्भाग्यवस साथ बस्न पाएनन्। भलै, सनीको नाम बलिउडका कयौं अभिनेत्रीहरूसँग जोडियो। तर अमृता सिंह र डिम्पलसँग भएको प्रेमले खूबै चर्चा पायो। बलिउड इन्डस्ट्रीमा सनी र डिम्पलको सम्बन्ध थाहा नपाउने सायदै होलान्। विवाहित भएपनि सनी डिम्पलको प्रेममा यति लिप्त थिए कि उनलाई कसैको वास्तै थिएन। 

९० को दशकमा उनीहरूको प्रेमको चर्चा दूबै चल्यो। आफ्नी प्रेमीका अमृतासँग छुट्टिएको कारण सनीलाई साहराको जरुरत थियो। यता डिम्पल पनि अभिनेता राजेश खन्नासँग छुट्टिएर एक्ली  भएकी थिइन्। 

फिल्मको सेटमा दुईहरूबीच भएको थियो प्रेम

फिल्म ‘बेताब’ को शूटिङको क्रममा उनीहरू नजिकिएका थिए। त्यसपछि उनीहरू ‘मन्जिल’ , ‘आगका गोला’, ‘गुनाह’, ‘नरसिम्हा’ जस्ता फिल्महरूमा काम गरे। फिल्ममा गरेको अभिनयलाई दर्शकहरूले खूब रुचाए।

खासमा त्यो समय यस्तो थियो कि डिम्पल विवाह गरेर बच्चीकी आमा बनिसकेकी थिइन् र उनले श्रीमानलाई छोडेर फिल्म खेल्न सुरु गरेकी थिइन्। त्यो समय विवाहित सनीले डिम्पललाई पत्नि जस्तो व्यवहार गर्थे। उनीहरू लुकीछुपी विवाह गरेका थिए। 

राजेश खन्नासँग टाढिएपछि सनीको नजिक 

राजेशसँग विवाह र दुई छोरीलाई जन्माएपछि डिम्पलले फिल्म खेल्ने निर्णय गरेकी थिइन्। उनले राजेश खन्नासँग झगडा गरेर फिल्म खेलेकी थिइन्। भलै, उनीहरू विवाह गरेको केही वर्षमा नै छुट्टिउका थिए।

किनकी राजेश चाहदैन थिए कि विवाहपछि डिम्पल कुनै फिल्ममा काम गरुन्। तर डिम्पललाई त्यो कुरा मान्य थिएन। विवाह भएको केही समयमा नै दुई जनाबीच मनमेटाव भयो र दस वर्षपछि उनीहरू एकअर्कोसँग छुट्टिए। 

अधुरो रह्यो डिम्पल र सनीको लव स्टोरी 

राजेश खन्नासँग टाढिएर सनीसँग नजिकिएकी उनले धेरै चर्चा पाइन्। भनिन्छ, सनी जब डिम्पललाई भेट्न उनको घर जान्थे तब दुई जना छोरीहरूसँग पनि राम्रो सम्बन्ध बनेको थियो।

भलै, एकअर्कोसँग धेरै प्रेम गरेतापनि उनीहरू विवाह अुन सकेन। किनकी सनीले आफ्नो श्रीमतीसँग डिर्भोस गर्न सेकनन्। 

११ वर्ष चल्यो सनी र डिम्पलको प्रेम

सनीसँग विवाह गर्ने डिम्पलको सपना थियो। तर सनी पहिलेदेखि नै विवाहित थिए र उनी आफ्नो श्रीमतीलाई डिर्भोस दिन चाहदैन थिए। तरपनि उनीहरू सम्बन्ध ११ वर्ष चल्यो। –एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: : 2023-08-14 19:25:00

प्रतिकृया दिनुहोस्