समस्यामा परेका विदेशका नेपाली उद्धारमा सरकार अझै अन्यौलमा

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

विदेशमा महिनौंदेखि अप्ठ्योमा परेका नेपालीहरूको उद्धारमा थप अन्यौल देखिएको छ। शुक्रबार युएई र म्यानमारबाट नेपालीलाई सम्बन्धित देशले नै काठमाडौंसम्म ल्याइदिए पनि समस्यामा परेका बाँकी देशका नेपालीहरू कहिले फर्काउने भन्ने टुंगो सरकारले लगाउन सकेको छैन।  

विदेशमा अप्ठ्यारो स्थितिमा रहेकाहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्ने उल्लेख गरे पनि शुक्रबार श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई)बाट पैसा हुनेहरूले प्राथमिकता पाएका छन्।

दूतावासले गर्भवती महिला, कोरोना बाहेक अन्य कारण जटिल अवस्थामा पुगेका बिरामी, जेष्ठ नागरिक तथा बालबालिका, रोजगारी गुमाएका कारण खान बस्न समेत समस्या परेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कनुपर्नेलगायतका व्यक्ति फर्काउने गरी सूची बनाए पनि सूचीभन्दा फरक व्यक्तिहरू स्वदेश फर्किएका हुन्। 

प्रकाशित मिति: : 2020-06-08 19:21:06

प्रतिकृया दिनुहोस्