विश्व बैंकले राेड बनाउन र काेराेनासँग जुध्न नेपाललाई थप ५४ अर्ब रुपैयाँ ऋण दिने


विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालको सडक पूर्वाधार विकास गर्नका लागि ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
 
कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जानकारी दिएको छ।

यो ऋणबाट विशेषगरी नागढुंगा–नौविसे–मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला–ढल्केबर–पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ। 

यी आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने, सुरक्षित सडक यातायात सुनिश्चित हुने तथा जनताले सहज सुविधा पाउने बैंकको विश्वास रहेको छ।
 

प्रकाशित मिति: : 2020-06-11 13:55:13

प्रतिकृया दिनुहोस्