‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनै पर्ने जरूरी नभएपनि पार्टीले नैतिकता देखाएको बताएका छन्।
बिहीबार केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले संसदमा कुरा उठेपछि पूर्वअर्थमन्त्री शर्माले रोष्टमबाट आफ्ना कुरा दृढतापूर्वक राखेर नैतिकता प्रदर्शन गरेको बताए।
प्रचण्डले शर्माले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको पनि बताए। उनले राजीनामा नदिएको भए यही विषयलाई उछाल्दै राजनीतिलाई अप्ठ्यारोमा पार्ने तथा सरकार र गठबन्धनलाई नै अप्ठयारो पार्ने षड्यन्त्र भएको बताए। प्रचण्डले शर्माले कुनै गल्ती नगरेको पनि बताए।
प्रचण्डले भने,‘नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो। त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ।’ यसबारे कार्यकर्ताहरूले जनतालाई भन्नुपर्ने उनले सुझाव दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया