साँझमा चन्द्र उदाएको बेला

आमाले शिशु सुताएको बेला

कोरोना कोरोना भन्नु हुँदैन

व्यर्थको हल्ला गर्नु हुँदैन।

 

जनमानस यहाँ आत्तिएको बेला

सुरक्षाकर्मी यहाँ तात्तिएको बेला

उखरमाउलो गर्नु हुँदैन

शहरतिर धाउनु हुँदैन

कोरोना कोरोना भन्नु हुँदैन

व्यर्थको हल्ला गर्नु हुँदैन।

 

विज्ञान नै परास्त भएको बेला

नेताहरु हताश भएको बेला

आफैंलाई भयंकर ठान्नु हुँदैन

यो रोगलाई तुच्छ मान्नु हुँदैन

कोरोना कोरोना भन्नु हुँदैन

व्यर्थको हल्ला गर्नु हुँदैन।

 

प्रकृतिले रूप फेरेको फेला

समस्याहरुले बेह्रेको बेला

गल्ली गल्ली घुम्नु हुँदैन

जताभावी हातले छुनु हुँदैन

कोरोना कोरोना भन्नु हुँदैन

परिवारभित्र लड़नु हुँदैन।

 

देशको प्रगति रोकिएको बेला

महंगाई हिमालमा ठोकिएको बेला

सरकार कै आश गर्नु हुँदैन

अन्नको नाश गर्नु हुँदैन

कोरोना कोरोना भन्नु हुँदैन

अरुकै कमाईमा रम्नु हुँदैन।

 

परिवारहरु यहाँ टाढ़िएको बेला

कोरोना कै जरा गाढ़िएको बेला

झुटा कुरा सुन्नु हुँदैन

समाजसेवी लाई थुन्नु हुँदैन

कोरोना कोरोना भन्नु हुँदैन

व्यर्थ को हल्ला गर्नु हुँदैन।

प्रकाशित मिति: : 2020-06-13 16:07:00

प्रतिकृया दिनुहोस्