साता तस्बिर

विश्वका रोचक १५ तस्बिरहरू

गएको बुधबार चैत २१ गते विश्वको ध्यान ताइवानले खिच्यो। किनकी ताइवानमा शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी दर्जन बढीको मृत्यु भयो। ताइवानमा गएको यो भूकम्प २५ वर्षयताकै ठूलो भूकम्प मानिएको छ। 

यस्तै विश्वको ध्यान केन्द्रीत गर्ने घटना यस सता विभिन्न ठाउँमा भए। जसलाई राेयटर्सका फाेटाे पत्रकारहरुले कैद गरेर देखाएका छन्। 

हेर्नुस  विश्वका केही घटना १५ तस्बिरमा–

१– चैत २१ गते बुधबार ताइवानमा भूकम्प गएपछि भवन भत्किएको ठाउँ नजिकै सैनिकहरू 

२–  व्हाइट हाउस ब्रीफिंग कोठामा अतिथिको रुपमा उपस्थित्  ईस्टर बन्नी अमेरिकाको वासिंगटन डिसीमा

३–  स्पेनको रोन्डामा भारी वर्षा र उच्च हावाको समयमा आफ्नो छाता समात्न प्रयास गर्दै पर्यटकहरू

४– जापान एयरलाइन्स समूहका नवनियुक्त कर्मचारीहरू जापानको टोकियोको हानेडा एयरपोर्टको ह्याङ्गरमा आयोजित सामूहिक दीक्षा समारोहको क्रममा कागजको विमान उडाउँदै

५– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिन बे, विस्कन्सिनमा आयिजित चुनावी र्‍यालीमा एघार महिनाको रीड बोयरलाई उनका बुबाले उचालेर देखाउँदै

६– चेक गणतन्त्रको भाइसोके माइटो नजिकैको स्ट्राडौन गाउँमा 'मार्चिङ जुडास' भनिने इस्टर उत्सवको एक भागको रूपमा घाँसको सूट लगाएको एक बालक

७– बिहान सबेरै रुसद्वारा हुने हवाई आक्रमणको चेतावनीको समयमा मानिसहरू बसमा चढेर जाँदै  युक्रेनको कीभमा

८– मुश्लिम धर्मालम्बीहरूको रमजानको पवित्र महिनाको अबसरमा मानिसहरू इफ्तार अघि लामो अस्थायी टेबलमा बसेर उपवास तोड्दै  दक्षिण अफ्रिकाको हेडेवेल्डमा

९– एउटा पुलमा चेरीको फूल फुलिरहेको बिचमा एक व्यक्ति आफ्नो स्मार्टफोनको साथ फोटो खिच्दै जापानको टोकियोमा

१०– इस्टर बन्नीको रूपमा न्यूयोर्क शहरको म्यानहट्टनमा सेन्ट प्याट्रिक क्याथेड्रल बाहिर फिफ्थ  एभिन्यूमा वार्षिक इस्टर परेड र बोनेट महोत्सवमा भाग लिँदै स्थानीय युवती केण्डल अमेरिकामा

११– चाइना फेसन वीकको अबसरमा चुनलिन याङद्वारा गुआक्सिन शरद/हिउँद २०२४ को सङ्कलन शो अघि मोडेलहरू स्टेजको पछाडि पर्खिदै चिनको बेइजिङ्गमा

१२– चिडियाखानामा एउटा लेमर टोकरीसँग खेल्दै क्रोएसियाको जाग्रेबमा

१३– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू चुनावी र्‍यालीमा सहभागी हुँदै भारतको मेरठमा

१४– जर्मनीको बेलिट्ज नजिकै स्केपको खेतमा काम गर्दै गरेका रोमानियाका कामदारहरूको हवाई दृश्य

१५– संयुक्त अरब इमिरेट्समा भएको दुबई विश्वकपमा दौडपछि एक रेसगोअर सजावटी बत्तीहरू हेर्दै

प्रकाशित मिति: : 2024-04-06 12:27:00

प्रतिकृया दिनुहोस्