कसरी छुटिरहेथ्यो लिम्पियाधुरा ?

सुरेन्द्र काफ्ले

नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउँछन्।

त्यो नक्सा ४ विकास क्षेत्र र ७५ जिल्लासहितको थियो। विभागको प्राविधिक टोलीले लिम्पियाधुरासहित नक्सा बनाएको ओलीको दाबी छ। ‘हामीले लिम्पियाधुरासहितको नक्सा तयार गरेका थियौं’, उनी भन्छन.्, ‘तर, भारतसँगको सीमा फाइनल नभएको भन्दै कालापानीसम्म पुर्‍याएर रोकियो।’

उनका अनुसार लिपुलेक र कालापानीबीच क्षेत्र खाली नै राखिएको थियो। सीमा नमिलेको भन्दै विरोध भएपछि चोसो मेटाइएको उनी बताउँछन्। त्यो नक्सा बनाउने स्थलरुप नापी महाशाखामैै उनी कार्यरत थिए। ओलीसहितका प्राविधिकको टोलीले नै त्यो नक्सा बनाएको थियो।

प्रकाशित मिति: : 2020-06-15 07:56:45

प्रतिकृया दिनुहोस्