अभिनेता सुशान्त आफूले अभिनय गरेको एक चलचित्र रिलिज नहुँदै विदा भए। उनको अन्तिम अभिनय मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ रहेको छ। जुन रिलिज हुन बाँकी नै छ।
उनको अन्तिम चलचित्र ‘दिल बेचारा’को प्रदर्शन अब डिजिटल प्लेटफर्मबाट हुने भएको छ।
‘दिल बेचारा’ हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो।
‘दिल बेचारा’मा सुशान्त मुख्य भूमिकामा छन्। उनसँग अपोजिटमा संजना सांघी छिन्। सैफ अली खान पनि मुख्य भूमिकामै छन्।
यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुने निर्देशक छाबडाले बताएका छन्। ‘दिल बेचारा’ नोभेम्बर २०१९ मै प्रदर्शन आउनुपर्नेमा विभिन्न कारणले रोकियो।
८ मे मा तय गरिएको मिति लकडाउनका कारण रोकियो। अब डिजिटल माध्यममा हेर्न पाइनेछ।
हलमा रिलिज भएको सुशान्तको अन्तिम चलचित्र ‘छिछोरे’ हो। यो चलचित्र २०१९ को ६ सेप्टेम्बरमा रिलिज भएको थियो। नितेश तिवारीको निर्देशनमा बनेको यस चलचित्रमा सुशान्त र श्रद्धा कपुर पहिलो पटक अनस्क्रिन जोडी बनेका थिए।
५० करोड बजेटमा बनेको यस चलचित्रले दर्शकको मायाले २०० करोड कलेक्सन गर्न सफल बनेको थियो।
तर याे सुशान्तकी भूपूप्रेमिका कृति सेननलाई याे चलचित्रमा अभिनेत्री श्रद्धा लाई साइन गरेकाे चित्त बुझेकाे थिएन।
श्रद्धालाई साइन गरेपछि कृतिले निर्माता निर्देशकसामु आपत्ति जनाएकी थिइन्।