चुनौती र सम्भावनाबीच एमसीसी

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सन् २००४ मा स्थापना भएको अमेरिकी सहयोग निकाय हो। विकासोन्मुख देशको आर्थिक विकास र गरिबी न्यूनीकरणका लागि अनुदानमार्फत सहायता गर्ने उद्देश्यले गठित यो परियोजना नेपालमा पनि २०७४ भदौ २९ मा ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अनुदान गर्ने गरी नेपाल सरकारसँग सम्झौता भएको थियो। तर सम्झौताका कतिपय बुँदामा सत्तारुढ दल नेकपाभित्र विवाद देखिएको छ। जसका कारण यसको कार्यान्वयनका लागि रहेको एउटा अनिवार्य शर्त संसद्बाट अनुमोदन हुनुपर्ने विषय नेपालमा एक वर्षदेखि अड्किरहेको छ।

खासमा एमसीसी के हो ? यो कसरी उठान भयो ? कुन देशमा यसका कस्ता योजना छन् ? यसको भू–राजनीतिक चुनौति र सम्भाव्यता कस्ता छन् ? अब संसद्मा यसको अनुमोदनको विषय कसरी प्रवेश गर्ला ? यसको टुंगो कसरी लगाउनु पर्ला भन्ने विषयमा नेपालभित्र यतिबेला बहस तातेको छ। यसै परिपेक्ष्यमा अन्नपूर्ण मिडिया ग्रुपअन्तर्गतको एपीवान एचडी टेलिभिजनले विज्ञहरूसँग मंगलबार ‘एमसीसी सम्झौता : सन्देह, संवाद र समाधान’ विषयक बृहत बहस कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित मिति: : 2020-06-17 07:58:13

प्रतिकृया दिनुहोस्