भारतको त्रिपुरा राज्यकी एक युवा महिला खेलाडीले आत्महत्या गरेकी छिन्।
बुधबार उनले आत्महत्या गरेको भारतीय अखबारले जनाएको छ। स्थानीय मिडियाका अनुसार अयन्ती रियाङ नाम गरेकी १६ वर्षीय किशोरीले फासी लगाएर आत्महत्या गरेकी हुन्।
घटनास्थलबाट सुसाइट नोट नभेटिएको हुनाले उनले किन आत्महत्या गरिन थाहा हुन सकेको छैन। रियाङ जनजातिबाट प्रतिनिधित्व गर्ने अयन्तीको परिवार राजधानी अगरतलाबाट करिब ९० किमी टाढा उदयपुरको तेनानी गाउँमा बसोबास गर्छन। उनको ४ भाई–बहिनीको परिवार थियो।
१६ वर्षको उमेरमै उनले युथ–२३ र टि–२० प्रतियोगिता खेलिसकेकी थिइन। त्रिपुरा क्रिकेट संघका सचिव तिमिर चन्दाले अयन्तीको निधनप्रति शोक व्यक्त गरेका छन्। उनले आफ्नो राज्यले प्रतिभावान खेलाडी गुमाएकोमा दुःख व्यक्त गरे।