'एक' को महत्व

एउटै सूर्य यहाँ समस्त जगमा कान्ती फिजाईदिन्छ
एउटै चन्द्र यहाँ भूलोक भरमा शान्ती फिजाईदिन्छ
एउटै गंगासागर पनि सब मन को प्यास मेटाईदिन्छ
एउटै मानव किन फेरि यहाँ उत्पात मचाईदिन्छ।

एउटै माचिस सम्हाल्न सके अंध्यारो नासीदिन्छ
एउटै माचिस हेला गरे यहाँ जंगलै मासीदिन्छ
एउटै औषधि यथेष्ट बन्छ हजारौं रोग मेट्न
उही औषधि ज्ञान नभए तैयार छ जीवन मेट्न।

एउटै बागमा बनेर मोहित भ्रमर घुम्ने गर्छन्
एउटै गीता यथेष्ट जानेर विद्वान पार तर्छन्
एउटै ताला छ हेर घरको रक्षा सदा गर्छन
एउटै ताबीज हेर कुशलले सारा राज खोल्छन्।

एउटै बाघ छ विराट बनमा डंका ठूलो गर्दछ
एउटै व्याधा पनि काफी बन्दै बाघ कै हरण गर्दछ
एकमा देखिन्छ शक्ति अखण्ड बुझेर बुझीनसक्नु
किन हुन्नन् यी मानीस एक रहस्य जानीनसक्नु।

प्रकाशित मिति: : 2020-06-20 11:59:18

प्रतिकृया दिनुहोस्