बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छन्।
नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उनले आफ्नो एकाउन्ट निष्क्रिय गरेकी हुन्।
उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत दिएकी छिन्।
उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसत पोस्ट गरेकी गरेर लेखेकी छिन्, ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु। मेरो ट्वीटर एकाउन्ट डि एक्टिभेट गर्दै छु।’
सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन्। उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में। अलविदा ट्वीटर।’
यस हप्ताको सुरूमा फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्विटर खाता बन्द गरेका थिए। उनले भने, ‘यसले घृणा र नकारात्मकता फैलाउन कार्य गर्दछ।’