रोशन दियाली
रंगिन नकाब भित्रको सर्पलाई
रंग देउता सोची पुजी गए
रंगिन रंग त बदनाम भयो-
हाम्री देवी सरी फूललाई -
वेहोशीको विष पिलाई गयो।
आज त चाडको नाउमा
मेरी चेलीहरुको नाम चलो
होलिका त सालीनै जलेपनि
आत्मा जलेर यीनको
रंग संगै वियर र जाम चलो।
छाला हेरी भरोसा गर्ने हाम्रो जमातले
कहाँ मन सङलो हेर्छ र ?
बाहिरी ठाँटको देखावटीले
कहाँ कसैले बुझ्छ र?
दिउसै थाङ्नामा सुताइ गयो।
आजको रंगमा भाङ देखेर
कसम प्रभो मलाई आत्मले धिक्काँरो
हाम्रो संस्कृतिको आड लिएर
दहन हुँदै गरेकाे भविष्यले रूवायो
पछ्याैरी र ढाका भित्रको दारा गनायो।
अब कसले वीर र धीर भन्ला
हे ! ईश्वर यी मेरा सन्ततीलाइ
सभ्यताको कुन हावाँले छोयो
ढाका र पछ्याैरीको दम्पतिलाई
खुकुरी र कलम छोडी नशा समाती गयो।
नशा समाती गयो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया