कविता

कुन हावाले छोयो

रंगिन नकाब भित्रको सर्पलाई
रंग देउता सोची पुजी गए
रंगिन रंग त बदनाम भयो-
हाम्री देवी सरी फूललाई -
वेहोशीको विष पिलाई गयो।

आज त चाडको नाउमा
मेरी चेलीहरुको नाम चलो 
होलिका त सालीनै जलेपनि
आत्मा जलेर यीनको 
रंग संगै वियर र जाम चलो।

छाला हेरी भरोसा गर्ने हाम्रो जमातले
कहाँ मन सङलो  हेर्छ र ?
बाहिरी ठाँटको देखावटीले 
कहाँ कसैले  बुझ्छ र?
दिउसै थाङ्नामा सुताइ गयो।
 
आजको रंगमा भाङ देखेर
कसम प्रभो मलाई आत्मले धिक्काँरो
हाम्रो संस्कृतिको आड लिएर 
दहन हुँदै गरेकाे भविष्यले रूवायो
पछ्याैरी र ढाका भित्रको दारा गनायो।

अब कसले वीर र धीर भन्ला 
हे ! ईश्वर यी मेरा सन्ततीलाइ
सभ्यताको कुन हावाँले छोयो 
ढाका र पछ्याैरीको दम्पतिलाई
खुकुरी र कलम छोडी नशा समाती गयो।
नशा समाती गयो।

प्रकाशित मिति: : 2021-04-10 11:53:00

प्रतिकृया दिनुहोस्