कर्मचारी भन्छन् : ज्यान ठूलो कि जागिर

सुरेन्द्र काफ्ले

 ‘यहाँ दिनमा कति आउँछन् कति ? , उनीहरूसँग कुराकानी गर्नैपर्‍यो।’ ‘उनीहरू कति सुरक्षित हुन्छन् भन्ने थाहा हुँदैन। भोलि केही भइहाले सिटामोल पनि पाइन्छ कि नाइ थाहा छैन।’

यो संवाद देशको मुख्य प्रशासनिक केन्द्र सिंहदबारको पनि प्रमुख निकाय प्रधानमन्त्री कार्यालयभित्रका कर्मचारीबीच भएको संवाद हो। प्रधानमन्त्री कार्यालयको प्रवेशद्धारमा फिभर गन र स्यानीटाइजरसम्म भए पनि अन्य मन्त्रालय, आयोगमा जोकोही सजिलै छिर्न सक्छन्। धेरै सेवाग्राही र कर्मचारीको आवातजावत हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक योजना तथा पूर्वाधारलगायत मन्त्रालयमा सुरक्षाको उचित प्रबन्ध छैन। सेवाग्राहीबिना सुरक्षा सतर्क कर्मचारीको कार्यकक्षमा जान सक्छन्। सिंहदरबार छिर्ने मूलगेटमा तापक्रम नाप्ने मेसिन र स्यानीटाइजर राखिएको छ।

प्रकाशित मिति: : 2020-06-21 07:35:38

प्रतिकृया दिनुहोस्