अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले ‘म्याच फिक्सिङ’ र भ्रस्टाचारको जड भारतीय क्रिकेटमा गहिरो र पुरानो भएको बताएको छ।
‘म्याच फिक्सिङ’ सँग सम्बन्धित ५० भन्दा बढी मुद्धाको छानवीन गरिरहेको आइसीसीले भनेको छ, यसमा सबैभन्दा बढी ‘कनेक्सन’ भारतसँग जोडिएको देखिन्छ।
आइसीसीको भ्रस्टाचार निरोधक समितिका प्रमुख अजित सिंहका अनुसार हरेक वर्ष सट्टेबाजीबाट ४० हजार करोड रुपैयाँको गैरकानुनी व्यापार हुने गरेको छ। समितिसँग जोडिएका एक अधिकारीले स्पोर्ट्स कानुन र नीतिसँग जोडिएको दस्तावेजले यसको गोप्यता भंग भएको हो।
आइसीसीको भ्रष्टाचार निरोधक समितिका अधिकारी स्टिभ रिचर्ड्सनले २०१३ मा आइपीएलमा ‘स्पट फिक्सिङ’ को मुद्धा बाहिरिएपछि भ्रष्टाचार रोकिने आकंलन आफूहरूले गरेको बताए।
तर, भर्खरको रिपोर्टले सबैलाई सोच्न बाध्य पारेको छ। रिचर्ड्सनले भने, ‘खेलाडी चेनको अन्तिम पात्र हुन्। तर, रोचक कुरा जसले यो धन्दा चलाउँछन, उनीहरू मैदानभन्दा बाहिर हुन्छन्। म भारतीय क्रिकेट बोर्ड र भारतीय जाँच एजेन्सीलाई यस्तो ८ वटा नाम दिन सक्छु। जसले पैसा दिएर खेलाडीलाई फसाउने प्रयास गरिरहेका छन्।’
गत वर्ष कर्नाटक प्रिमियर लिगमा पनि फिक्सिङको आरोप बाहिरिएको थियो, जसमा खेलाडी र टिमको मालिकको नाम नै आएको थियो।