शाहरुखको काेलकत्ता नाइट राइडर्सविरूद्ध स्टार्कले हाले १२ करोडको मुद्दा

अस्ट्रेलियाका तीब्र बलर मिशेल स्टार्कले बलिउड स्टार शाहरुख खानको फ्रेञ्चाइज टिम कोलकाता नाइट राइडर्सविरूद्ध करिब १२ करोड रुपैयाँ दावी गरेका छन्। 

उनले बीमाबाट पाउनु पर्ने रकम कोलकाताले उपलब्ध नगराएको भन्दै मुद्धा दायर गरेका थिए। 

स्टार्क सन् २०१८ को आइपीएलमा कोलकातामा आवद्ध हुँदा घाइते भएका थिए। पछिल्लो दुई वर्ष उनी लिलामीबाट पनि बाहिर थिए। स्टार्कले २०१८ मा आफू घाइते भएको भिडियोसहित आफूले बिमाबाट पाउनु पर्ने रकम दावी गरेका हुन्। 

उनले आफू घाइते भएको प्रमाणित गर्न सन् २०१८ मा दक्षिण अफ्रिकाविरूद्ध दोस्रो टेस्टको भिडियो फुटेज दर्ता गराएका हुन्। उनले यो खेलमा चोट लागेका कारण कोलकाताबाट आइपीएल खेल्न नसकेको र बिमा बापत पाउनु पर्ने १५ लाख ३० हजार डलरको आफू हकदार रहेको बताएका छन्। 

स्टार्कले गत वर्ष अप्रिलमै कोलकाता नाइट राइडर्सविरूद्ध बिमालाई लिएर मुद्धा दायर गरेका थिए। कोलकाताले यसको विरोध पनि गरेको थियो कि उनलाई चोट पोर्ट एलिजाबेथमा खेलिएको दोस्रो टेस्टमा लागेको थियो। यो मुद्धाको फैसला १२ अगस्टमा हुँदैछ। 

दुबै पक्षबीच केही महिनादेखि मध्यस्थताको प्रयास भइरहेको थियो तर स्टार्कका व्यवस्थापक एन्ड्रयु फ्रेजरले फक्स स्पोर्ट्सको भिडियो फुटेज उपलब्ध गराएपछि मुद्धाले अर्के रूप लिएको छ।

 स्टार्कका वकिलहरूले यस विषयको समीक्षा गर्न १३ महिनाको समय भएको तर यसबाट उनीहरू चुकेको बताएका छन्।

प्रकाशित मिति: : 2020-06-22 08:17:21

प्रतिकृया दिनुहोस्