उल्फाको धन !

आकाश क्षेत्री

एक - उदयपुरको त्रियुगा नगरपालिकाले २०७५ असारमा उषाकिरण महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई साढे पाँच लाख रुपैयाँ अनुदान दियो। नगरपालिकाले त्यो सहकारीलाई असार २० मा भौचर ७७५ बाट ५० हजार, असार २५ मा भौचर ८७३ बाट ५० हजार, भौचर ८७९ बाट असार २५ मै ५० हजार र भौचर ६४० बाट १२ असारमा चार लाख रुपैयाँ अनुदान दिइएको छ।

उषाकिरण सहकारीमा अध्यक्ष हरिमाया शाही छिन्। उनी त्रियुगा नगरपालिका वडा–३ की सदस्य हुन्। आफ्नै वडा सदस्यको सहकारीलाई अनुदान दिइएको सम्बन्धमा आफूलाई केही जानकारी नभएको नगरप्रमुख बलदेव चौधरी बताउँछन्। उनी भन्छन्, ‘वडाको बजेटबाट अनुदान गयो होला, नगरपालिकाको निर्णयबाट दिइएको होइन। मेरो निर्णयले अनुदान गएको छैन।’

कार्यक्रम संचालन गर्न आफूहरूले वडाबाट पैसा लिएको वडा सदस्य तथा उषाकिरणकी अध्यक्ष शाही बताउँछिन्। शाही भन्छिन्, ‘आफूसँग क्षमता छ भने कार्यक्रम माग्ने र संचालन गर्ने काम हुन्छ। वडाले कार्यक्रम दियो, संचालन गरियो।’ अनुदान रकम महिला उद्यमी उत्पादनमा खर्च गरिएको उनको कथन छ।

प्रकाशित मिति: : 2020-06-24 08:11:32

प्रतिकृया दिनुहोस्