११० महिलासहित थप ६२९ जनामा कोरोना पुष्टि, २३३८ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ६२९ संक्रमित थपिएका हुन्। जसमध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ । त्यसमा १९७ महिला र २१४१ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएका हुन्।

नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ ।बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ ।

प्रकाशित मिति: : 2020-06-24 16:35:43

प्रतिकृया दिनुहोस्