सुशान्तको पोस्टमर्टम रिपोर्ट बाहिरियो

बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या सम्बन्धि पोस्टमर्टम रिपोर्ट बाहिरिएको छ। रिपोर्टअनुसार उनको निधन अन्य कारणले नभई फाँसी लगाउँदा स्वास अवरुद्ध भएर निधन भएको डाक्टरहरूले बताएका छन्। 

सुशान्तको निधन १४ जुनमा भएको थियो। उनको पोस्टमर्टममा ५ जना डाक्टरको टिम रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। 

प्रहरी अझै विसरा रिपोर्टको पर्खाईमा छ। मुम्बई प्रहरीले महाराष्ट्र फोरेन्सिक विभागलाई लेखेको पत्रमा प्रक्रिया चाडै पुरा गर्न भनिएको छ। सुशान्तको आत्महत्यामा अन्य बाहिरी व्यक्तिको हात भएको भन्दै परिवारले सीबीआईबाट अनुसन्धान गराउन माग गरेका थिए। 

उनको निधनमा प्रहरीले हालसम्म २३ जनासँग बयान लिइसकेको छ। सुशान्त आत्महत्या प्रकरणमा उनको साथी, परिवार, पुरानो मेनेजर, टिम मेम्बर्स, हाउस स्टाफ र गर्लफ्रेन्ड रिया चक्रवर्तीसँग पनि प्रहरीले बयान लिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले यशराज फिल्म्ससँग उनको भएको अनुबन्धको कपी पनि जम्मा गरेको छ। 

सुशान्तले अन्तिम कुराकानी मेनेजर उदयसिंह गौरीसँग फिल्मको बारेमा गरेका थिए। प्रहरीले मंगलबार उनको पूर्व पब्लिसिस्ट रोहिणी अय्यरसँग पनि बयान लिएको थियो। प्रहरीले उनको आत्महत्या प्रकरणमा मिडियामा आएका तथ्यहरूको पनि चेकजाँच गर्ने बताएको छ।

प्रकाशित मिति: : 2020-06-24 23:03:13

प्रतिकृया दिनुहोस्