बलिउड फिल्म अब धमाधम डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी

लकडाउनका कारण बलिउडको व्यापार प्रभावित बन्न पुगेपछि वरुण धवन, आलिया भट्ट, अभिषेक बच्चन, अक्षय कुमार र अजय देवगनले आफ्नो अघिल्लो फिल्म अनलाइनबाट प्रदर्शन गर्ने भएका छन्।

यी कलाकारको अघिल्लो फिल्म डिज्नी प्लस र हटस्टार प्लेटफर्ममा ओटो रिलिज हुदैछ। आलिया भट्टको सडक–२, अभिषेक बच्चनको ‘द बिग बुल’, अक्षय कुमारको ‘लक्ष्मी बम’ र अजय देवगनको ‘भुज’ रिलिजको तयारीमा थियो। भारतीय सिनेमाको इतिहासमा पहिलो पल्ट ठूलो नाम भएका कलाकारको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको हो। 

डिज्नी प्लस हटस्टारले आफ्नो प्लेटफर्ममा बलिउडको होम डिलिभरी क्याम्पेनको नामबाट फिल्म रिलिज गर्नेछ। यसका लागि उसले ८–९ वटा फिल्मको छनोट गरिसकेको छ। 

अगस्ट–सेप्टेम्बरमा सिनेमा हल खुल्ने स्थितिलाई मध्यनजर गरेर फिल्मको घोषणा हुनेछ। सोमबार बरुण धवनले आयोजना गर्ने प्रेस कन्फ्रेन्समा अभिषेक, अजय, अक्षय, आलियाले ओटिटी भविष्यको विषयमा चर्चा गर्दैछन्। 

वरुणले आफ्नो अघिल्लो फिल्म ‘कुली नम्बर १’ लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्छन कि गर्दैनन् यो भने हेर्न बाँकी छ। डिज्नी प्लस हटस्टार त्यो कम्पनी मातहत छ, जसको नाता स्टार प्लस र स्टार गोल्डसँग छ। 

यी कम्पनीसँग अजय र अक्षयको पुरानो नाता पनि छ। अजय र सलमान खानसँग स्टारको केही वर्ष अगाडि ४ सय करोडको डिल भएको थियो। 
 अजयलाई कम्पनीले ‘भुज’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने अफर गर्दा उनले अस्विकार गर्न सकेका थिएनन्। 

अक्षयको हाउसफुल शृंखला यही कम्पनीसँग निर्माण र डिस्ट्रीब्युसन हुने गरेको छ। अभिषेकको ‘द बिग बुल’ पनि अजयको को–प्रोडक्सन हो। 
आलियाको सडक–२ अगस्टको अन्तिम शुक्रबार रिलिज हुन सक्ने सम्भावना रहेको छ।
 

प्रकाशित मिति: : 2020-06-29 16:52:15

प्रतिकृया दिनुहोस्