कर्णाली राजमार्गमा पहिरो, यातायात ठप्प {भिडियाेसहित}

कर्णाली राजमार्गकाे विभिन्न स्थानमा पहिराे गएकाे छ।  शनिबार रातिदेखि परेको भारी वर्षाका कारण पहिराे गएर राजमार्ग अवरुद्ध भएकाे हाे।

स्थानियवासीका अनुसार नयाँ सहर आयोजना राकम कर्णालीले निर्माण गरेको जाक्सी जिरो पोइन्टदेखि तिलेपाटा क्याम्पस हुँदै सिगौडी जाने सडक खन्दा  दैलेखको आठबीस नगरपालिका-३ जाक्सी खोला नजिकैकाे सहायक राेडमा पहिरो गएको हाे। 

'गुणस्तरहिन सडक निर्माण गरिदा वर्षा लाग्ने वित्तिकै पहिरो गएको हो,' स्थानीय भन्छन्, 'फाउन्डेसनबीनै ज्ञाविन जाली भर्दा बर्षातले जाली बगाएर पहिरो गयो।'
 
पहिरोले राजमार्ग पुरिएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएकाे जुम्लाबाट सुर्खेत हिँडेका यात्रु भरत नेपालीले जानकारी दिए। 

'एक  मात्र हाेइन धेरै ठाउँमा पहिराेले बाटाे विग्रेकाे छ,' उनले भने, 'हालसम्म पहिराे पन्छाउन लागिएकाे जानकारी छैन।'

उनका अनुसार अत्यावश्यक कामका लागि अनुमती लिएर जिल्ला बाहिर हिडेका र आउन लागेका यात्रु तथा मालबाहक गाडीहरु रोकिएका छन्। 

हालसम्म पहिरो पन्छाउन कुनै पहल नभएको स्थानीयले बताएका छन्।

पहिरोले भर्खरै रोपेका स्थानीय १३ जना व्यक्तिको झण्डै २० रोपनी बढी खेत पुरेको उनीहरुले बताए।

प्रकाशित मिति: : 2020-07-01 09:13:13

प्रतिकृया दिनुहोस्