रितेश र जिनिलियाद्धारा अंगदानको घोषणा

बलिउड जोडी रितेश देशमुख र जिनिलिया देशमुखले आफ्नो अंगदान गर्ने घोषणा गरेका छन्। 

गत बुधबार डाक्टर्स दिवसको दिन १ जुलाईमा उनीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आफूहरूले धेरै अगाडिदेखि यो विषयमा सोचिरहेको बताएका थिए। 

इन्स्टाग्राममा जिनिलियाले लेखेकी छिन्, ‘रितेश र म लामो समयदेखि यस बारेमा गम्भीर थियौं। तर दूर्भाग्य गर्न सकिरहेका थिएनौं। आज डाक्टर्स डेमा अवसर जुरेको छ, अंगदानको संकल्प गर्न। हामीलाई प्रेरित गर्ने डाक्टर नोजर शेरियर र फोग्सीलाई धन्यबाद।’

उनले अगाडि लेखेकी छिन्, ‘अरुलाई दिने सबैभन्दा राम्रो उपहार नै ‘जीवनको उपहार’ हो। हामी सबैलाई हाम्रो यो अभियानमा सहयोग गर्न आवहान गर्छो।’ भिडियोमा रितेशले पनि भनेका छन्, ‘हेलो साथीहरू, जिनिलिया र मैले यो विषयमा धेरै विचार गर्यौ। हामीले सबैलाई भन्न पाइरहेका थिएनौं। तर आज १ जुलाईमा यो भन्न चाहन्छौं, हामीले अंगदानको निर्णय गरेका छौं।’
 

प्रकाशित मिति: : 2020-07-02 08:52:41

प्रतिकृया दिनुहोस्