मनको कुरा गरौं
बिएल संवाददाता
एसिया कपअन्तर्गतको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरएको छ।
वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धति (डिएलएस)को आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। भारतले उक्त लक्ष्य २०. १ ओभरमा पूरा गर्याे।
भारतका ओपनर कप्तान राेहित शर्मा र शुभमन गिलले अर्धशतकीय इनिङ खेले। राेहितले ७४ र गिलले ६७ रन बनाए।
यी दुई खेलाडीकाे अगाडि नेपाली बलर निरीह सावित भए।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भएकाे थियाे।
नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ खेले।
भारतसँगकाे हारसँगै नेपाल एसिया कपकाे समूह चरणबाटै अंकविहीन हुँदै बाहिरिएकाे छ। नेपाल यसअघि पहिलाे खेलमा आयाेजक पाकिस्तानसँग पराजित भएकाे थियाे।
नेपालले पहिलाे पटक एसिया कप खेलेकाे हाे।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया