कुकुरको मासु प्रतिबन्ध गर्ने नागा सरकारको निर्णयको अनुष्का तथा वरुणद्धारा स्वागत

नागाल्याण्ड सरकारले कुकुरको मासुको आयात तथा व्यापारमा रोक लगाउने निर्णयको बलिउडका केही कलाकारले स्वागत गरेका छन्। 

यसमा सबैभन्दा अगाडि अनुष्का शर्मा र वरुण धवन जस्ता स्टार देखिएका छन्। 

नागाल्याण्डले भर्खरै कुकुरको मासुको बिक्री तथा व्यापारमा रोक लगाएको थियो। यो राज्य सरकारको दोस्रो निर्णय हो। अनुष्काले आफ्नो इन्स्टामा यसको स्वागत गर्दै भनेकी छिन्, ‘राज्य सरकारद्धारा घोषणा गरिएको यो कदमको म स्वागत गर्दछु।’

वरुणले पनि आफ्नो इन्स्टामा सरकारी निर्णयको जानकारी शेयर गरेका थिए। यी दुई स्टारबाहेक फातिमा सना शेख जस्ता स्टारले पनि सोशल मिडियामा सरकारको निर्णयको स्वागत गरेका छन्।

प्रकाशित मिति: : 2020-07-05 12:13:07

प्रतिकृया दिनुहोस्