प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन्।
कांग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारीअनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरेका डिल्ली गिरी वडामै पराजित भएका छन्। उनी बहालवाला क्षेत्रीय समितिको सचिव थिए। साथै उनी संस्थापनइतरका बलियो उम्मेदवार मानिएका थिए। उनी वडा-२ बाट पराजित भएका हुन्। सो वडाबाट पार्टीका जिल्ला सचिव तप्त पौडेल र जिल्ला सदस्य पवन शाहसहित १९ जना निर्वाचित हुँदा गिरी १९ जनाभित्र पर्न सकेनन्।
यसैगरी, राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुखसमेत रहेकी धनीकुमारी खत्री पनि वडामै पराजित भएकी छिन्। उपप्रमुख खत्री संस्थापन समूहकी हुन्। बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन्। यसअघि संस्थापनइतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा गएकी हुन्।
उपप्रमुख खत्रीले वडा-८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन्। राप्तीसोनारी गाउँपालिका-८ मा संस्थापनइतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया