डिकोक अफ्रिकी टिमका उत्कृष्ट खेलाडी घोषित

दक्षिण अफ्रिकी क्रिकेटले ब्याट्सम्यान क्विन्टन डिकोकलाई यस वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको छ। एकदिवसीय टोलीका कप्तान डिकोक सन् २०१७ मा पनि सम्मानित भइसकेका थिए। यो उनको दोस्रो सम्मान हो। 

महिलातर्फ प्रारम्भिक ब्याट्सम्यान लोरा वोल्वार्टलाई सम्मान गरिएको छ। खेलाडीलाई भर्चूअल अवार्ड समारोहमा शनिबार सम्मानित गरिएको अफ्रिकी अखबारले जनाएको छ।

 कोरोनाका कारण यो वर्ष थुप्रै कार्यक्रम रद्द गरिएको थियो। अफ्रिकाले गत मार्चमा भारतविरुद्ध ३ एकदिवसीय खेल्नु पर्ने थियो। पहिलो खेल बर्षाका कारण टस नै नगरि रद्द भएको थियो। बाँकी दुई खेल कोरोना भाइरसका कारण बीचैमा स्थगित गर्नु पर्‍यो। 

डिकोकभन्दा पहिले ज्याक कालिसले पनि दुई पल्ट सम्मान थापिसकेका छन्। उनलाई २००४ र २०११ मा सम्मान गरिएको थियो। यस्तो सम्मान पाउनेमा पाँच जना खेलाडी छन्। 

हासिम अमलाले २०१० र २०१३, मखाया न्टिनीले २००५ र २००६, एबी डीभिलियर्सले २०१४ र २०१५ तथा कगिसो रबाडाले २०१६ र २०१८ मा यो सम्मान पाएका थिए।
 

प्रकाशित मिति: : 2020-07-06 09:34:44

प्रतिकृया दिनुहोस्