हेलिकप्टर चढेपछि अक्षय विवादमा !

भारतमा अहिले लकडाउन चलिरहेको छ। लकडाउनका कारण बलिउडकर्मीहरुले काम सुरु गर्न पाएका छैनन्। यही बीचमा बलिउड नायक अक्षय कुमार नासिक पुगेका छन्। 

अक्षय आफ्ना डाक्टरलाई भेट्न नासिक पुगेका हुन्। उनले नासिक पुग्न हेलिकप्टर प्रयाेग गरेका थिए। 

अक्षय हेलिकप्टरबाट नासिक पुगेको खबर सार्वजनिक भएसँगै उनी विवादमा तानिएका छन्।

विवादमा तानिकुकाे कारण महाराष्ट्र सरकारका एक मन्त्रीले यो बिषयमा प्रश्न उठाउँन हाे। 
 
उनले लकडाउन उल्लंघन गरेको उक्त मन्त्रीकाे आराेप छ । तर, अक्षयको टिमले नासिक जानका लागि अनुमति लिइएको भन्दै स्पष्टिकरण दिएको छ।

उनकाे टिमले सबै प्रकारको अनुमती लिएको बताएका छन्। 

प्रकाशित मिति: : 2020-07-06 12:41:57

प्रतिकृया दिनुहोस्