नयाँ प्रोजेक्टमा वरुणलाई मौका दिँदै शाहरुख

बलिउड अभिनेता शाहरुख खानले आफ्नो प्रोडक्सन हाउसका लागि चलचित्रको छनाेट गर्न थालेका छन्। 

पछिल्लो समय शाहरुखका चलचित्र व्यवसायिक रुपमा कमजोर परेपछि उनले कुनै चलचित्र साइन गरेका थिएनन्। तर लकडाउनकाे कारण धेरैलाई फुर्सदिलो बनेका उनले केही स्क्रिप्‍टहरु पढेका छन्।

उनले स्क्रिप्‍ट अनुसार आफ्नाे नयाँ प्रोजेक्टमा वरुण धवनलाई मौका दिने भएका छन्। युवा अनुहारको आवश्यकता भएकाे कारण वरुणलाई छानिएकाे उनले बताएका छन्।

आफ्नो फिल्‍म ‘दिलवाले’को-स्‍टार वरुण धवनलाई लीड रोल दिनेबारे उनले सोचिरहेका छन्। 

यता उनकाे अभिषेक बच्‍चनसँग सहकार्य गरिएको ‘बब विश्वास’ भने पहिले नै फ्लोरमा गइसकेको छ।

यस्तै शाहरुखले राजकुमार हिरानीको आगामी चलचित्र फाइनल गरेका छन्। तर नाम भने सार्वजनिक गरेका छैनन्।  

त्यसैगरी निर्देशक अयान मुखर्जीको फिल्‍म 'ब्रहास्त्र'मा पनि शाहरुख महत्वपूर्ण भूमिकामा देखिनेछन्। 
 

प्रकाशित मिति: : 2020-07-07 19:43:15

प्रतिकृया दिनुहोस्