बलिउडका वरिष्ठ हास्य कलाकार सुरमा भोपालीको निधन

बलिउडका वरिष्ठ हास्य कलाकार सुरमा भोपालीको निधन भएको छ।

उनी क्यान्सर रोगबाट पीडित थिए। उनकाे  ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो। बिहीबार उनको अन्त्येष्टि गरिने छ।

उनलाई जगदीप भनेर पनि चिनिन्छ। तर उनकाे वास्तविक नाम भने सैयद इश्तियाक अहमद जाफरी हाे।

 उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन्। सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन्।

सन् १९७५ मा बनेको शोले फिल्ममा निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनलाई बलिउडमा चर्चित बनायो। त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ।

यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्म चर्चित रहेका छन्।
 

प्रकाशित मिति: : 2020-07-09 06:22:56

प्रतिकृया दिनुहोस्