इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई १ सय १४ रनको अग्रता

क्रेइग ब्रेथवेट र शेन डोवरीचले उत्कृष्ट खेल प्रदर्शन गरेसँगै वेष्ट इन्डिजले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा अग्रता बनाएको छ।

साउथह्याम्पटनको एजेस बाउलमा शुक्रबार भएकाे खेलमा वेष्ट इन्डिजले  १ सय १४ रनको अग्रता बनाएको हाे।

 इंग्ल्यान्डलाई २ सय ४ रनमा अलआउट गरेको वेष्ट इन्डिजले तेस्रो दिन अलआउट हुँदै ३ सय १८ रन बनायाे।

वेष्ट इन्डिजका लागि ब्रेथवेट र डोवरीचले क्रमस: ६५ र ६१ रन जाेडेर आउट भए।

यस्तै रोस्टन चेसले ४७ तथा शाम्रह ब्रुक्सले २९ र जोन क्याम्पबेलले २८ रन बनाए।

इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४ विकेट लिए। यस्तै जेम्स एण्डरसनले ३ र डम बेसले २ विकेट लिए।

वेष्ट इन्डिजलाई पहिलो इनिङ्समा गरेपछि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्सको ब्याटिङ थालेको छ।

यसअघि कप्तान जेसन होल्डरको घातक बलिङसँगै पहिलो टेष्ट खेलको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड २ सय ४ रनमा अल आउट भएको थियाे। 

इंग्ल्यान्ड दोस्रो दिन बिहीबार २ सय ४ रन जोड्दा अलआउट भएको थियो। उसका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाएका थिए।

यस्तै इंग्ल्यान्डका लागि जोस बट्लरले ३५ रन जोड्दा डोम बेसले अविजित ३१ रन बनाए। रोरी ब्रुन्सले ३० र जोइ डेन्लीले १८ रन बनाए।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले ४२ रन खर्चेर ६ विकेट लिए। अर्का तीव्र गतिका बलर शेनन ग्याब्रियलले ६२ रन खर्चेर ४ विकेट लिए।

प्रकाशित मिति: : 2020-07-11 06:07:40

प्रतिकृया दिनुहोस्