सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
रातोपाटी
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ। कोरोना संक्रमण दर बढ्न थालेपछि भारतका विभिन्न राज्यका प्रमुख सहरमा लकडाउन गरिएको छ।
भारतमा संक्रमण दर बढेलगत्तै त्यहाँका विभिन्न सहरमा लकडाउन हुन थालेपछि रोजगारीका सिलसिलामा गएका कयौं नेपाली स्वदेश फर्कन थालेका छन्। केही दिनयता सीमा नाकामा स्वदेश फर्कंदै गरेका नेपालीहरुको चाप बढ्न थालेको छ।
यद्यपि सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन।
जसले गर्दा संक्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरुमार्फत नेपालमा पनि कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको स्वास्थ्यविद्हरुको चिन्ता छ।
भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको पाइन्छ। केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया