कंगना रनोटको ‘मणिकर्णिका’ पुतली चर्चित बन्दै

बलिउड नायिका कंगना रनोटको चर्चित फिल्म ‘मणिकर्णिका’ को स्वरुपमा बनाइएको पुतली अहिले भारतमा निकै चर्चित हुन थालेको छ। 

ट्रायलको रूपमा निकै कम मात्रामा सार्वजनिक गरिएको यो ‘डल’ केटाकेटी माझ निकै लोकप्रिय बन्न थालेको छ। कंगनाको ‘मणिकर्णिकाः द क्विन अफ झासी’ २०१९ मा रिलिज भएको थियो। उनले यो फिल्ममा लगाएको पोसाकसहित यो ‘डल’ बनाइएको छ। 

यसको फोटो शेयर गर्दै कंगनाको समूहले लेखेको छ, ‘मणिकर्णिका डल बच्चाहरूमा लोकप्रिय बनिरहेको छ।’

कंगना पछिल्लो समय सुशान्त राजपूतको आत्महत्यापछि निकै चर्चामा छिन्। उनले भारतीय फिल्मा चलिरहेको परिवारवादविरूद्ध अभियान नै चलाएकी छिन्। उनको यो अभियानसँग थुप्रै सर्वसाधारण जोडिन थालेका छन्। 

कंगना पहिलेदेखि नै खुल्ला रूपमा कुरा गर्ने अभिनेत्रीको रूपमा परिचित छिन्। उनले आफ्नै बलमा बलिउडमा थप्रै हिट फिल्म दिएकी छिन्। विशेषत नारी प्रधान फिल्ममा उनलाई महारथ हासिल छ।

प्रकाशित मिति: : 2020-07-11 10:04:57

प्रतिकृया दिनुहोस्