निर्वाचन विशेष

यसपटक काठमाडौं– २ मा चुनाव जित्ने मै हुँ: कोषराज सुवेदी (भिडियो)

प्रतिनिधि सभा सदस्यकाे लागि काठमाडाैँ क्षेत्र नं. २ का उम्मेदवार हुन्, काेषराज सुवेदी। उनी हाम्राे नेपाली पार्टी अन्तर्गत लाैराे अभियनबाट चुनावी प्रतिस्पर्धमा छन्।

झापामा जन्मिएका सुवदीले एक दशकदेखि काठमाडाैँलाई कर्मथलाे बनाएका छन्। विश्वका अन्य देशमा जस्तै नेपालमा पनि नीति निर्माणदेखि राज्य सञ्चालनमा युवाकाे प्रतिनिधित्व हुनुपर्ने अवस्था आएकाेले आफूले उम्मेदवी दिएकाे उनी बताउँछन्।

बिगत दुई दशकदेखि वित्तिय क्षेत्रलाई आफ्नो कार्मक्षेत्र बनाउँदै धार्मिक तथा सामाजिक कार्यमा समेत गहिरो चासो राख्दै अगाडि बढ्ने क्रममा समाज र राष्ट्रलाई माथि उठाउन संकल्प र प्रतिज्ञा साथ उनी जनतामाझ प्रस्तुत भएका छन।

चुनावी अभियानमा सक्रिय रहेका उनै काेषराज सुवेदीसँग निर्वाचन केन्द्रित रहेर ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत :


तपाईंको उम्मेदवारी किन ?

मसँग आर्थिक क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ। म कार्यरत क्षेत्रबाट ८ लाख २५ हजारभन्दा बढी मान्छेको रोजगार तथा परिवार चलेको छ। त्यसमध्ये १ लाख २५ हजारभन्दा बढी मान्छेहरुलाई मैले बीमा अधिकर्ताको प्रशिक्षण गरेर उहाँहरुको अहिले रोजगार चलिरहेको छ। त्यसैले २ करोड ९२ हजार नेपालीलाई एउटै क्षेत्रबाट कसरी सेवा गर्न सकिन्छ भन्ने सोच्दै गर्दा राजनीति रहेछ। त्यसको भित्र पनि प्रतिनिधि सभा नीति निमार्णको तह भएकाले देशमा विद्यमान विकृति विसंगती चिर्न मैले उम्मेदवार दिएकाे हुँ।

तपाईंंसँग प्रतिस्पर्धमा रहेका उम्मेदवारहरू निक्कै बलिया देखिन्छन्, तपाईंले चुनाव जित्ने कल्पना गर्नु भएकाे छ ?

यसपटक काठमाडाैँ क्षेत्र नं. २ मा चुनाव जित्ने भनेकाे काेषराज सुवेदी हाे। किनभने, नेपाली कांग्रेस र एकीकृत समाजवादीको यो क्षेत्रमा उम्मेदवार नै छैनन्, त्यसैले उहाँहरुले मलाई भोट हाल्नु हुन्छ। त्यस्तै माओवादी केन्द्र, एमालेका युवाहरुले तपाईं यो क्षेत्रको विज्ञ रहेकाले भोट तपाईलाई हाल्छौँ भनेका छन्।

यो क्षेत्रका युवाहरुले तपाईकाे विकल्प काेही छैनन्, अन्य उम्मेदवारलाई गत निर्वाचनमा हेरिसकेका छौँ, यो पटक तपाईलाई टेस्ट गर्छौँ भनिरहेकाे देखिन्छ। जनताले मलाई यो क्षेत्रको लिडर मानेका छन्। म सबैको साझा उम्मेदवार हो। युवा, व्यवसाय, गरीब, किसानलगायतका साझा उम्मेदवार रहेकाले मेरो जित सुनिश्चित भइसकेको छ। मबाहेक क्षेत्र नं. २ को विकल्प अरु छैनन्।

तपाईंले चुनाव जितेपछि यस क्षेत्रमा के गर्नु हुन्छ ?

यो क्षेत्र र देशमा गर्नुपर्ने धेरै कुराहरू छन्। अहिलेसम्म मैले घरदैलोमा ७४ हजारभन्दा धेरै मान्छेरुलाई घर घरमा गएर निमन्त्रणापत्र बाँडेको छु। निर्वाचनप्रति मान्छेमा बढेको वितृष्णाताले स्थानीय तहमा राजनीतिक दलप्रति जनताको विश्वास छैन्। त्यसैले यो पटक सोच्नुहाेस भनेर निमन्त्रणापत्र बाँडेको छु। तपाईंले भोट हाल्न आउनुभएन भने गलत मान्छेले जित्छ भनेर निमन्त्रणा गरेको हुँ।

त्यसैले मैले निमन्त्रणापत्रको पछाडि राष्ट्रिय तथा क्षेत्रीयस्तरका प्रतिबद्धता साथै त्यसको अन्तिममा मैले सुझावको लागि पनि कोलम राखेको छु। मैले देशको नीति निमार्णको तहमा जाँदैगर्दा म भन्दा विज्ञ मान्छे पनि मेरो मतदाता रहेकाले मेल, वाडसप, भाइबरमा सुझाव मागेको थिएँ। मेलमा ७ हजारभन्दा बढी सुझाव आएका छन्। त्यो सुझावलाई समेटेर घोषणापत्रको रुपमा मैले नीति निमार्ण तहमा पुगेपछि समावेश गर्ने छु। हाम्रो सानाे टिमले बनाएको घोषणापत्र मान्य नहुन सक्छ। त्यसैले मैले जनताको सुझावसहित काम गर्ने र मैले आजसम्म गरेको काम प्रतिको लगाव देखेर अब राजनीतिमा पनि यसको लगाव हुने छ भन्ने जनताले बुझिसकेका छन्। त्यसैले मेरो उमेरले समेत साथ दिने भएकाले अबको २५ वर्षको समय मैले राजनीतिककाे लागि छुट्याएको कुरा जानकारी गराउँदै घरदैलोलाई पनि त्यसरी अगाडि बढाइरहेको छु।

तपाईं त आफ्नै पेसा व्यवसाय भएको मान्छे, राजनीतिक झन्झटमा किन लाग्नु भएकाे ?

म एउटा सेक्टरको विज्ञ त्यहाँ २०औँ वर्ष बिताएको छु। मेरो ५ लाखभन्दा बढीको जागिर छोडेर म राजनीतिमा प्रवेश गरेको हुँ, मेरो जागिर, परिवार र मेरो जिन्दगीको लागि ठिक थियो तर नेपालको २९ प्रतिशत मेरा जस्तै १४ वर्षमुनिका बालबच्चा रहेका छन्। मैले नेपालमै बसेर दु:ख गरेँ तर मेरो बालबच्चा नेपालमा बस्ने समेत अवस्था भएन भने ती मेरो बच्चाजस्तै ९२ हजार बालबालिकाे नेपाल बस्ने अवस्था हुँदैन।

नेपाल अबको १५ वर्षपछि वृद्धा आश्रमको थलो बन्ने र विश्वभरिबाट पनि नेपालमा वृद्धाहरु आउने र नेपाल वृद्धा आश्रमको सहर बन्ने छ, त्यसलाई रोक्नका लागि मेरो उम्मेदवारी हो। भने, आर्थिक, राजनीतिक ठाउँमा समेत धमिरा लागेको छ, नीतिगत रुपमा जे भए पनि आर्थिक चलखेल चलिरहेको छ। किसानले खेती गर्ने समयसम्म बिउ, मल पाउँदैन, त्यसकाे विरुद्धमा सदनमा कोही बोल्दैन। निष्पक्ष जनताको आवाज कोही बोलेको देखिदैन। बीमा, बैँक, शेयर बजारलगायत आर्थिक क्षेत्र ध्वस्त छ, त्यसको आवाज बोल्ने कोही छैन। म आमनेपालको र काठमाडौँ– २ को साझा उम्मेदवार हो। जनताको पक्षमा बोल्न राजनीतिमा आएको हुँ, यो कुनै झन्झटमा होइन।

सदनमा तपाईं एक जनाकाे मात्रै आवाज कसले सुन्छ ?

मैले सदनमा जनताको आवाज बोल्ने हो, कार्यन्वयन गर्ने/नगर्ने बहुमतको कुरा हो। यदी मैले नेपालको समृद्धिका लागि मैले बोलेका कुरा कार्यन्वयन भएन भने पनि समृद्धिको यात्रको लागि २५ वर्ष छुट्याएकाे छु। पाचँ वर्षसम्म मेरा कुराहरु राख्छु, समृद्धिका कुरा राख्छु। यदी लागु भएन भने पुराना पार्टी भनिनेहरुलाई भने असर गर्छ। पाँच वर्षपछि नयाँ शक्त्तिहरु जन्मिन्छन्, जस्तै अहिले स्वतन्त्र पार्टीहरु निमार्ण भइरहेका छन्। सबै समृद्धिका लागि बोलेका कुरा कार्यन्वयन भएन भने पाँच वर्षपछि देश स्वतन्त्रमय हुन्छ, पार्टीहरु निर्वाचनमा समेल नभए हुन्छ। देशमा सम्पूर्ण नयाँ दलहरु तथा नयाँ अनुहारहरु स्थापित हुन्छन्। त्यसैले आज ठुला भनिने दलहरु देशको समृद्धिको लागि बोल्नुपर्छ। यदी त्यसो गर्नुभएन भने पाँच वर्षपछि त्यसको दुरावस्था भोक्नुपर्छ।

तपाईंको चुनाव चिन्ह लौरो त हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह हाेइन र, स्वतन्त्र भनेर जनता झुक्याइ रहनुभएको त छैन ?

हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो हो। पहिले मैले स्वतन्त्र उम्मेदवार घोषणा गरेको थिएँ तर पछि लौरो चुनाव चिन्ह लिएर उम्मेदवार दिएका रोहन कार्कीले मलाई मेरो भन्दा यो क्षेत्रमा तपाईं अब्बल हुनुहुन्छ, मेरो लौरो लिएर तपाईं जानु भन्नुभयो। मैले जनतालाई भेटेको छु। एक तहमा मैले विश्वास पाइसकेको छु। म सबैको साझा उम्मेदवार हो।

स्वतन्त्रको लहर चलिरहेको बेला मौकामा चौका हान्न तपाईंको उम्मेदवार त हाेइन नि ?

एकदमै हो। जब स्थानीय तहमा स्वतन्त्रको लहर चल्याे, काठमाडौँ, धरान, धनगढीलगायतका ठाउँमा जित हासिल गरेका थिए। मैले २ वर्षभन्दा पहिले जागिर छोडेर अहिलेसम्म पाँचौँ तहमा घरदैलो सम्पन्न गरेको छु। नेपालभरि १ सय ६५ ठाउँमा स्वतन्त्रहरुले जित्नुपर्छ। योग्य, युवालाई संदनमा पठाउनु जरुरी छ। पार्टीबाट भए पनि योग्य युवाले जित्नुपर्छ। तपाईंले भनेको सत्य हो।

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामीले यसपटक नयाँ अनुहार खाेजिरहेका थियौँ, पुराना दललाई ६ पटक मतदान गरिसकेका छौँ। उहाँहरुले विकास र समृद्धि सोचेको जस्तो गर्नुभएन। भोट माग्न आएपछि पाँच वर्षसम्म देखा पर्नुभएको छैन, त्यहीँ भएर नयाँ विकल्पको अनुहार खोजिरहेका थियो तर यो क्षेत्रमा भएका ३० जना उम्मेदवारमध्ये तपाईं योग्य उम्मेदवार हो भन्नु भएको छ।

देश र समाज परिर्वतनका लागि तपाईं जागिर छोडेर मिसन र भिजनसहित आउनुभएको रहेछ। प्रतिनिधि सभा नीति नियम बनाउने ठाउँ भएकाले युवा मात्र होइन, यसबारे ज्ञान भएको मान्छे आवश्यक हुन्छ। स्वतन्त्र हो भन्दैमा सिक्दै गरेको, पढ्दै गरेको युवालाई पनि दिनु हुँदैन, भनेका छन्। यो क्षेत्रका लागि सबैको बारेमा अध्ययन गर्नुहाेस् गुगल तथा उसकाे सामाजिक सञ्जालमा गएर हेर्नुहाेस, कसकाे योग्यता के भन्नेबारे सबै थाहा हुन्छ भनेर मैले भनेको छु। उम्मेदवारको बारेमा अध्ययन गरेपछि गठबन्धन र एमालेका उम्मेदवार बाहेकका २८ जनामा म एक नम्मबरमा पर्दैन भने मलाई भोट नहाल्नुस् भनेको छु।

म काम गर्नका लागि आएको हुँ। मैले जागिर नै गरेर परिवार खुसी राख्ने रमाउने मात्र हो भने ५/७ लाखको जागिर अहिले पनि पाउन सक्छु, त्यसैले म समाज परिर्वतन गर्न आएको हुँ। नेपाल आमालाई बनाउन आएको हुँ। सबैको परिवार बनाउन आएको हुँ, म आम नेपालीहरुको साझा उम्मेदवारी हो। जनताबाट सकारात्मक सुझाव पाएको छु।

यदि चुनाव जित्नु भएन भने के गर्नुहुन्छ ?

चुनाव जित्ने कन्फर्म छ, मेरो आइटिडाटा बेसले त्यहीँ देखाएको छ। २७ हजार ६ सय २३ मत लिएर विजयी हुन्छु। त्यो जित लौरो चुनाव चिन्ह र जनताले जित्ने छन्। चुनाव जिते पनि नजिते पनि म जनताको घरदैलोमा सँगै हुने छु, अरु नेता जस्तो जितेर जनताको घरमा नआउने गर्दैनँ। म सदनमा सधैँ उपस्थित हुन्छु तर त्यहाँ गएर मोबाइल चलाउँदैन, सुतेर बस्दैन, कुर्सी भाँच्दैन। बाँकी सदन नचलेको बेला म प्रत्येक दिन जनताको घरघरमा पुग्नेछु। चुनाव हारे पनि म तपाईंंको मिडियामार्फत प्रमिस गर्दै भन्छु, सधैँ जनताकाे घरदैलोमा हुनेछु।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?

मेरो क्षेत्रका ८१ हजार माथिका मेरा मतदातालाई लौरो चुनाव चिन्हमा मातदान गर्न अनुरोध गर्दछु। तपाईंको जिज्ञासा कुनै कुरा जान्न, सोच्न, बुझ्न चाहे मलाई प्रत्यक्ष सम्पर्क गर्नुस्। सबैले लौरोमा मतदान गर्नुस्।

चुनावको बेलासमेत नभेट्ने उम्मेदवारले चुनावपछि भेट्दैन, त्यो उम्मेदवार तपाईंको लागि योग्य हुँदैन। योग्य उम्मेदवार छान्नुहाेस्, सदन गुच्चा खेल्न जाने ठाउँ हाेइन। तपाईंको विवेक प्रयोग गर्नुहाेस्। जिम्मेवार र अनुभवी उम्मेदवारलाई जिताउनुस् र नो नट अगेनमा परेकाहरुलाई बहिष्कार गर्नुहाेस्। अबको आमनिर्वाचन चिन्ह लौरोमा मतदान गरेर मंसिर ४ गतेको निर्वाचनमा अत्यधिक बहुमतले विजयी गराइदिनुहुन अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2022-11-16 19:40:00

प्रतिकृया दिनुहोस्