अन्तत: ट्रम्पको अनुहारमा मास्क: कालो मास्कमा यस्ता देखिए डोनल्ड

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अन्तत: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाएका छन्।  उनी शनिबार मेरिल्याण्डको बेथेस्डास्थित वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टर भ्रमणको क्रममा पहिलोपटक कालो मास्कमा देखिए। उनी मास्क लगाएर त्यहाँ घाइते सैनिक र सैनिक स्वास्थ्यकर्मीहरूलाई भेट्न गएका थिए। 

कोरोना कहरसँग जुध्न सबैलाई सीडीएस गाइडलाइन्स जारी गर्ने ट्रम्प प्रशासनका मुखिया डोनलाल्ड आफैं भने सुरूदेखि नै मास्कलाई छिछि र दूरदूर गर्दै आएका थिए। उनले अनेक बहाना बनाउँदै मास्क लगाउन अस्वीकार गर्दै आएका थिए। कहिले यसलाई आफ्नो व्यक्तिगत स्वतनत्रतासँग जोडेका थिए भने कहिले राष्ट्रपति कानुनभन्दा माथि हुने भएकाले आफूले सीडीएस गाइडलाइन्स मान्नुनपर्ने भन्ने गरेका थिए। कहिले आफूलाई नसुहाउने भन्ने गरेका थिए भने कहिले आफूले नियमित रूपमा कोरोना भाइरस परीक्षण गरिरहेकाल आवश्यक नभएको भन्ने गर्थे ।

तर, सुरूदेखि नै उनीमाथि मास्क लगाउन भित्र र बाहिर दुबैतिर दबाब पर्दैआएका थियो। केही समयअघि उनका केही सल्लाहकारले यसले चुनावलाई नै असर पर्ने बताएपछि उनले भनेका थिए, 'मास्कमा म राम्रै देखिन्छु होला।' त्यसपछि उनले आफूले मास्कलाई अस्वीकार गरेको हैन कहाँ र कहिले लगाउने भन्ने कुरा मात्र हो भनेका थिए। 

यो श्रृंखला अगाडि बढ्दै जाँदा अन्तत: उनी शनिबार कालो मास्कमा देखिए। उनले मास्क लगाएपछि विभिन्नखाले टीकाटिप्पणी भएका छन्। उनका आलोचकले कालो रङ्गको मास्क लगाएर उनले मास्कप्रति विरोध जनाएको बताए। उनका केही समर्थकले आफ्नो अडान त्यागेको बताए। केहीले अन्तत: उनले सीडीएस गाइडलाइन्स पालना गरेको बताए भने केहीले यसबाट अमेरिकी जनतामा सकारात्मक सन्देश गएको बताए। 

कालो मास्कमा सजिएका ट्रम्पले भने,  म मास्कको विरोधमा कहिलै थिइन। तर, म विश्वास गर्छु कि त्यसका लागि  समय र स्थान हुनुपर्छ।'  

प्रकाशित मिति: : 2020-07-12 05:50:42

प्रतिकृया दिनुहोस्