सीपीएललाई अनुमति, सन्दीप ‘जमैका तलावाज’बाट खेल्ने

क्यारेवियन प्रिमियर लिग (सीपीएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ।

आयोजक सीपीएल र त्यहाँको सरकारबीच गएराति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ। सहमतिहनुसार अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सीपीएल दर्शक बिनाको रंगशालामा खेलाइनेछ।

सीपीएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ।

यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमति नदिँदा सीपीएल हुने नहुनेबारे अन्योल थियो। अब उक्त प्रतियोगिताका लागि अनुमति पाएपछि सीपीएल हुने पक्का भएको हो।

सीपीएलमा भाग लिने खेलाडीको प्रतियोगिताअघि कोरोना संक्रमित भए/नभएको परीक्षण गरिने छ। खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिए पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने छ। 

उक्त प्रतियोगिताका लागि नेपाली युवा क्रिकेटर सन्दीप एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन्। उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो।

सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए। सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन्।

यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए।

प्रकाशित मिति: : 2020-07-12 06:35:33

प्रतिकृया दिनुहोस्