काठमाडौंमा खुल्यो ‘हैदरवादी दम’ बिरयानी

बिरयानी पारखीका लागि काठमाडौंमा हैदरवादी दम बिरयानी सञ्चालनमा आएको छ। काठमाडौंको जमलस्थित ‘क्याफे डे वला’ ले हैदरबादी दम बिरयानीको स्वाद चखाइरहेको छ।

यहाँ हैदरवादी दम बिरयमनीको रियल स्वाद पाइने सञ्चालक नानिराम फुँयालले जानकारी दिए। ‘यहाँका सेफ हैदरवादमै बिरयानी स्पेसलिस्ट भएको र मिडलइस्टमासमेत राम्रो अनुभव रहेकाले बिरयानीको स्वाद उत्कृष्ट छ,’ फुँयालले दाबी गरे।

क्याफेमा बिरयानीबाहेक सबै किसिमका गुणस्तरीय खानेकुराको स्वाद लिन सकिन्छ।

यहाँ फापरको मःमः को बेग्लै स्वादसँगै थकाली सेटलगायत सबै चाहे अनुसारको खाना र खाजाको ब्यवस्था छ। कोरोना भाइरसका कारण मुलुक लकडाउन भएकाले क्याफेले निःशुल्क होम डेलिभरीको ब्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2020-07-12 10:44:35

प्रतिकृया दिनुहोस्