ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
बिएल संवाददाता
जनता समाजवादी पार्टी नेपाल (जसपा)काे आधिकारिकता सम्बन्धी विवाद समाधानका लागि गरिएकाे ‘हेड काउन्ट’मा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दाबी गरिएको छ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको बताएका छन्
‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ थप सदस्यहरू आउन बाँकी छ।’ अध्यक्ष ठाकुरले भने।
जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकाे छ। चिर्वाचन आयाेगले ‘हेड काउन्ट’ पक्षमा बहुमत जुट्छ उसलाई पार्टीकाे आधिकारिता दिने छ।
चिर्वाचन आयाेगमा अहिले हेड काउन्ट’ गर्ने क्रम जारी रहेकाे छ। सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको अध्यक्ष ठाकुरले बताएका छन्। उनी डिल्लीबजारस्थित कारागारमा रहेका छन्।
त्यस्तै, अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुरलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताएका छन्।
‘हामीले महन्थजी र राजेन्द्रजीहरूलाई कहिले लखेटेका छौं ? उहाँहरू जसरी प्रतिगमनको मतियार बन्नुभो। त्यो हाम्रो पार्टीको सिद्धान्तविपरीत छ। गल्ती मान्दै माफी माग्नुहुन्छ भने पार्टीले विचार गर्नेछ। निर्वाचन आयाेगमा पत्रकारहरूसँग बाेल्दै अध्यक्ष ठाकुरले भने।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो। २४ असार २०७४ मा निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया