शुक्रबार, ११ जुलाई २०२५

प्रशिक्षक अल्मुताइरी भन्छन्- भारतले खेल जित्नसक्ने सम्भावना ९५ प्रतिशत, कप्तान चेम्जोङको अठोट- पूरै अवधि सम्पूर्ण तागतले खेल्ने [भिडियाे]

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-10-10 18:57:00
• • •

साफ च्याम्पियनसिप फुटबल २०२१ शुक्रवारको खेलपूर्व 'प्रि-म्याच कन्फेरेन्स' मा बोल्दै नेपाल टीमका कोच अव्दुल्लाह अलमुटाइरीले भारत विरुद्दको खेल सजिलो नरहेको बताएका छन्। उनले ९५ प्रतिशत जीत भारतकै पक्षमा रहेको समेत बताए।

'भारत सार्क रिजनको एक बलियो टीम हो। मेरो विचारमा– ९५ प्रतिशत भारत जित्छ, ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्छ,' उनले भने, ' आशा गर्छौं– भारतविरुद्द हामीले जीत हासिल गर्नेछौँ।'

नेपाली फुटबल टोलीका क्याप्टेन किरण चेम्जोङले भने भारतसँगको खेलका लागि आफ्नो टीम सम्पूर्ण रूपले तयार रहेको बताएका छन्। 'खेलमा कडा प्रतिस्पर्धा हुनेछ। लक्ष्यप्राप्तिका लागि हामी पूर्ण तयारी अवस्थामा छौ,' उनले भने।

माल्दिभको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपालले तेस्रो खेलमा बलियो टीम मानिएको भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

चेम्जोङले जीतका लागि नेपाली टीम ९० मिनेट मैदानमा लड्ने बताएका छन। 'भारत एक शक्तिशाली टीम हो, हामी अन्डरडग टीम हौँ,' उनले भने, 'पहिलेका खेलहरुमा जस्तै पूरा समय मेहनतसाथ भिड्नेछौँ।'

सबै नेपालीको सपना पूरा गर्न प्रत्येक दिन लडिरहेको बताउँदै उनले भने, 'सम्पूर्ण नेपाली दर्शकको माया पाइरहेकोमा  खुशी छौँ। उहाँहरूका सपना साकार पार्न पूरा प्रयास गर्ने छौँ।'   

प्रतियोगितामा नेपालले दुई खेल जितेर अराजित ६ अंकसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराइसकेको छ। उनले नेपालको अपराजित यात्रालाई निरन्तरता दिने पनि बताए।

भारत भने भने दुवै खेलमा बरावरी खेल्दै जम्मा दुई अङ्क मात्र जोडेर चौथो स्थानमा छ। 

यसअघि नेपाल र भारतबीच २१ पटक फूटबल भिडन्त भएकोमा भारतले १४ खेल जितेको छ। नेपालले दुई खेल जितेको छ र ५ खेल बराबरीमा टुङ्गिएको थियो।

साफ च्याम्पियनसिप फूटबल २०२१ अन्तर्गत नेपालले आज आइतबार राती ९.४५ बजे भारतसँग प्रतिस्पर्धा गर्दैछ।शुक्रवारको खेलमा नेपालले भारतमाथि विजय प्राप्त गर्न सके फाइनलमा पुग्ने छ। भारत भने प्रतियोगिताबाटै बाहिरिने प्रवल संभावना हुनेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?