अमेरिकाको चर्चित हस्तीको ट्वीटर ‘ह्याक’ मा चार युवा संलग्न

गत बुधबार अमेरिकाको १ सय ३० चर्चित हस्तीको ट्वीटर अकाउन्ट ह्याक गर्ने व्यक्तिको पहिचान खुलेको छ। अमेरिकाबाट प्रकासित हुने न्युयोर्क टाइम्सका अनुसार ह्याकिङको यो घटनामा ठूलो साइबर समूहको हात थिएन, बरु चार युवा ह्याकर यसको ‘मास्टर माइन्ड’ थिए। 

यी चार जना युवाको भेट अनलाइन ह्याण्ड्ल्सको कारोबार गर्ने अनलाइन कम्युनिटी ‘ओगेसर्स डट कम’ मा भएको थियो। यहीबाट उनीहरूले ट्वीटरको मुख्य टुल्स हात पारेका थिए, जुन टुल्स ह्याकिङका लागि सहयोगी सावित भयो। 

अमेरिकी इन्टेलिजेन्ट एजेन्सी एफबीआई र ट्वीटरले भने अझैसम्म यसको जानकारी दिएको छैन। 

No description available.

ह्याकर्सले माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, अमेजनका सीईओ जेफ बेजोस, टेस्लाका सीईओ एलन मस्क र अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामासमेत थुप्रै हस्ती र कम्पनीको ट्वीटर अकाउन्ट ह्याक गरेका थिए। यसमा क्रिप्टोकरन्सीमा पनि धोका दिइएको थियो। 

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार तीन जना ह्याक्र्सको अनलाइन मोनिकर (अनलाइनमा राखिने नक्कली नाम) को बारेमा पनि थाहा भएको छ। यसमा उनीहरूले ‘एलओएल’, ‘एभर सो एङ्सस’ र ‘किर्क’ नाम दिएका छन्। 

जसमा ‘किर्क’ सँग ट्वीटरको निकै संवेदनशील टुल्स थियो। यही टुल्सको सहयोगले जुनै पनि ट्वीटर अकाउन्टलाई नियन्त्रणमा लिने गर्दथे। 

ह्याकर्सले टाइम्स पत्रिकालाई ह्याकिङको विषयमा जानकारी दिएका थिए। उनीहरूले ह्याकिङ अगाडि र पछाडिको स्क्रिनसट पनि पठाएका थिए। यसबाट पुष्टी हुन्छ कि उनीहरू रुस, चीन वा उत्तर कोरियाबाट ह्याकिङ गरिरहेका थिएनन्। उनीहरू मध्ये एक आमासँग बसोबास गर्छन्। 

क्रिप्टोकरन्सीको हिसाबलाई मोनिटर गर्ने साइट ब्लोकचेन डट कमका अनुसार मानिसहरूलाई यसको जानकारी हुनअघि नै १ दशमलव १६ लाख डलर बराबरको बिटक्वाइन नक्कली खातामा गइसकेको थियो।
 

प्रकाशित मिति: : 2020-07-18 15:57:54

प्रतिकृया दिनुहोस्