बिएल संवाददाता
नेपाली विद्यार्थी प्रकृती लम्सालको आत्महत्या प्रकरण र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा पक्राउ परेका केआईआईटी विश्वविद्यालयका पाँच जना कर्मचारी धरौटीमा रिहा भएका छन्।
धरौटीमा रिहा हुनेहरूमा तीनजना निर्देशक छन्। भने दुई जना सुरक्षा गार्ड छन्। विश्वविद्यालय डीजी-एचआर शिबानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चम्पती, छात्रावास निर्देशक सुधीरकुमार रथ, दुई सुरक्षा गार्डहरू रमाकान्त नायक र योगेन्द्र बेहरा धरौटीमा रिहा भएका हुन्।
नेपालीका साथै भारतीयहरूको समेत चर्को विरोध सुरु भएपछि प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो। उनीहरूलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको ओडिसा टीभीले जनाएको छ।
किटको होस्टलमा बुटवलकी २० वर्षीया प्रकृती लम्साल आइतबार राति मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीले छानबिनको माग गरेपछि क्याम्पस प्रशासनले उल्टै कुटपिट गर्दै निष्कासन गरेको थियो।
नेपाली विद्यार्थीहरूलाई अमानवीय व्यवहार गर्दै पाँच सय बढी विद्यार्थीहरूलाई रेल्वे स्टेसनमा अलपत्र पारेपछि सर्वत्र आलोचना सुरु भएको थियो।
यसैबीच ओडिसा सरकारले घटनाबारे छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया