राखेपले प्रदेश १ सरकारलाई भन्याे– खेलाडी सँगसँगै प्रशिक्षकलाई पनि सम्मान गर्नू

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियाेगितमा पदक जिताउने प्रशिक्षकलाई प्रदेश १ सरकारले सम्मान नगरेकाे भन्दै आपत्ति जनाएकाे छ।

आइतबार परिषद्का अध्यक्ष रञ्जन थापाले एक विज्ञप्ति जारी गर्दै खेलाडीलाई पदक जिताउन प्रशिक्षककाे पनि समान हात हुने भन्दै सम्मान गर्न छुट्टाउन नहुने बताएका छन्।

साउन १ गते प्रदेश सरकारले सागमा पदक जित्ने ८८ खेलाडीलाई नगद ८० लाख रुपैयाँसहित सम्मान गरेको थियो। तर सम्मान गर्दा प्रशिक्षक र व्यावस्थापकलाई निम्तो समेत गरेका थिएनन्।

सागमा प्रदेश १ बाट १९ जना प्रशिक्षक र ५ जना टोली ब्यवस्थापकले पदक जिताएका थिए। तर प्रदेश सरकारले भने ८८ खेलाडीलाई मात्र सम्मान गरेर प्रशिक्षक र ब्यवस्थापकलाई बाइपास गरेको प्रशिक्षकहरुको गुनासो गरेका थिए।

‘राष्ट्रलाई ‌ऐतिहासिक जीत दिलाउदै पदक प्राप्त गर्ने खेलाडी सँगसँगै उनीहरुलाई सक्षम र प्रतिभावान बनाउने कार्यमा समयदेखि प्रशिक्षण दिने प्रशिक्षकहरुको उत्तिकै भूमिका हुन्छ,’ राखेपले निकालेकाे विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर योग्दान हुने भएकाले प्रशिक्षकहरुलाई पनि सम्मान गरदिनुहुन् यस कर्माचारी संघ प्रदेश तथा स्थानीय सरकार समक्ष हार्दिक अनुरोध गर्दछ।’

तर यसअघि नै प्रदेश १ सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा अधिकृत सूर्यराज घिमिरे सरकारसँग बजेट नभएका कारण सबैलाई समेट्न नसकिएको बताइसकेका छन्।

उनले सम्मान शीर्षकमा १० लाख मात्र बजेट छुटाएकाे जानकारी दिए। मन्त्रिपरिषद बैठकले ८० लाख छुट्याएर सम्मान गरेको उनले भनाइ छ। प्रशिक्षकलाई समेट्ने योजना हुँदा हुँदै बजेट अभावका कारण कमजोरी भएको उनले स्वीकार गरिसकेका छन्।
 

प्रकाशित मिति: : 2020-07-19 18:34:03

प्रतिकृया दिनुहोस्