लेष्टरमाथि टोटेनह्यामकाे सहज जित

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनह्यामले सहज जित निकालेको छ।

 घरेलु मैदानमा भएकाे खेलमा टोटेनह्यामले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

टोटेनह्याम स्टेडियममा उसलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे। टोटेनह्यामले एक गोल आत्मघाती उपहार पाएको थियो।

छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो।

३७ औं मिनेटमा केनले गोल गर्दै टोटेनह्यामलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ४० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई ३-० को जित दिलाए।

जितसँगै टोटेनह्याम लिगको छैटौं स्थानमा उक्लिएको छ। टोटेनह्यामले ३७ खेलमा ५८ अंक जोडेको छ।

लेष्टर ६२ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-20 07:56:10

प्रतिकृया दिनुहोस्