इयूद्धारा ७५० मिलियन युरोको आर्थिक राहत प्याकेज घोषणा

एजेन्सी

जर्मनी

युरोपेली महासंघले कोरोना भाइरसको संकटबाट बाहिर निस्किन ७ सय ५० मिलियन युरोको राहत प्याकेज घोषणा गरेको छ।

यसमा युरोपका २७ देश समावेश रहेको युरोपेली काउन्सिलका अधयक्ष चार्ल्स मिसेलले ट्वीटमार्फत जानकारी दिए। उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘डील!’

कोरोनाका कारण युरोपका थुप्रै देशले आर्थिक रूपमा पनि संकटको सामना गर्नु परेको छ। विगत ७ महिनादेखि उद्योग र व्यवसाय ठप्प हुँदा युरोपलाई खर्बो रूपैयाँको घाटा लागेको छ। 

युरोपेली देशका नेताहरू कोरोनाका कारण भएको घाटापूर्तिका लागि योजनामा जुटेको विभिन्न सञ्चार माध्यमले बताएको छ। कोरोना भाइरसका कारण रुस, बेलायत, इटाली, स्पेन र जर्मनी जस्ता पाँच देश सर्वाधिक प्रभावित बनेका छन्। यी देशमा कोरोनाका संक्रमित जोड्दा २८ लाखको संख्या हुन जान्छ। यद्यपि बेलायत युरोपेली महासंघबाट बाहिरिसकेको छ।

प्रकाशित मिति: : 2020-07-22 07:31:22

प्रतिकृया दिनुहोस्