सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै ९४ हजार पुग्यो

सुन चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान राखेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्रै सुनको भाउमा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउमा ९५ रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार साउन ७ गते बुधबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५६० रुपैयाँ र चाँदीको भाउ १ हजार १३५ रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सुनको भाउ असार ३१ गते बुधबार हालसम्मकै उच्च अर्थात तोलामा ९२ हजार ८०० रुपैयाँसम्म पुगेको थियो भने चाँदीको भाउ साउन ६ गते मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2020-07-22 15:53:11

प्रतिकृया दिनुहोस्