अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।
    
आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
    
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो ।    आन्तरिक तथा  अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । 

आजदेखि बन्दाबन्दी खुले पनि अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएनन् । दुई दिन उडान स्थगन गरेर शुक्रबारदेखि पुनःअन्तरराष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ । 

विमानस्थलका अनुसार आज जम्मा चार अन्तरराष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २६४ यात्रु ल्याएको छ भने हिमालय एयरलाइन्सले सोही गन्तब्यबाट दुई उडान गरि क्रमशः १४८ र १४५ यात्रु काठमाडौँ ल्याएको छ ।

रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार एकमात्र उडान शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थलले जनाएको छ । 

प्रकाशित मिति: : 2020-07-22 22:24:02

प्रतिकृया दिनुहोस्