बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको शुभकामना दिएका छन्। आफ्नो सन्देशमा उनले ‘खुसी हुन र रमाउनका लागि दसैं नै पर्खिनुपर्ने नियतिबाट मुक्ति पाउन’ भनेर नेपाली नागरिकलाई शुभकामना भनेका छन्।
‘खुसी हुन र रमाउन दशै नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भनेका छन्।
‘शाहवंशीय परम्पराको यथोचित पालना’ गर्दै आफूहरूले नारायणहिटी छोडे पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफूहरूमा वेचैनी बढेको पनि उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाँक्षा पुरा नहुँदा हाम्रो वेचैनी बढाएको छ’ उनले भनेका छन् ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ। निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ। हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं। देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो।’

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया