आइतबार, १४ डिसेम्बर २०२५

नारायणहिटी छोडे पनि याे अवस्था देखेर बेचैन छौं

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको शुभकामना दिएका छन्। आफ्नो सन्देशमा उनले ‘खुसी हुन र रमाउनका लागि दसैं नै पर्खिनुपर्ने नियतिबाट मुक्ति पाउन’ भनेर नेपाली नागरिकलाई शुभकामना भनेका छन्।

‘खुसी हुन र रमाउन दशै नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले भनेका छन्। 

‘शाहवंशीय परम्पराको यथोचित पालना’ गर्दै आफूहरूले नारायणहिटी छोडे पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफूहरूमा वेचैनी बढेको पनि उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। 

‘जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाँक्षा पुरा नहुँदा हाम्रो वेचैनी बढाएको छ’ उनले भनेका छन् ‘नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ। निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ। हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं। देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो।’ 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!