यसरी थप्न सकिन्छ देश तथा विदेशबाट जीएसएम प्रिपेड तथा पोस्टपेड सिमकार्डमा व्यालेन्स

काठमाडौं ।  नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्ड प्रयोग गर्ने अवधि तथा विदेशबाट पनि सेवाको व्यालेन्स थप गर्न सकिने सम्बन्धमा थप प्रष्ट पारेको छ ।

नेपाल टेलिकममा प्रवक्ता राजेश जोशीले विहीबार नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिँदै बताए । यस्तै उनका अनुसार विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु (SIM Activate)गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनोट गर्नुपर्दछ । नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले (SIM Activate) गरेपश्चात् सो अवधिसम्म Top Up  नगरेपनि उक्त सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

जोशीका अनुसार प्रिपेड सिमकार्डमा रु. ५० Top Up  गर्दा ३० दिन, रु. १०० Top Up  गर्दा ६० दिन, रु. ५०० Top Up  गर्दा  एक वर्ष र रु. १००० Top Up  गर्दा अधिकतम दुई वर्ष सिम प्रयोग गर्न सकिने अवधि थपिन्छ । 

न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । 

सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड Top Up  गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द उनले जानकारी दिए । दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम Frozenअवस्थामा पुग्छ । Frozen अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ ।

जोशीका अनुसार कुनै सिमकार्डमा सञ्चित रकम भएता पनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ ।

यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र त्यउ ग्उ गरिएमा त्यउ ग्उ गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ । तर सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ Top Up गरिएको रकम अनुसार मात्र थप हुन्छ । कुनै सिम कार्ड Frozen मा गएपछि कम्पनीले आवश्यकता अनुसार कुनैपनि समयमा Recycle गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ । 

यस्तै पोस्टपेड सिमकार्डका लागि सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम -Due Amount उक्त मोबाइलको Credit Limit भन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ । यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन । 

९० दिनसम्म पनि म्गभ ब्mयगलत भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा बन्द हुन्छ र सिम Frozen मा जान्छ ।Frozen  मा रहेको ९० दिनभित्रमै सेवा सुचारु गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दुरसञ्चार कार्यालयमा गई (वा फोन÷इमेलमार्फत) जानकारी गराउनु पर्छ । उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायी रुपमा बन्द (Terminate) हुन्छ ।

ग्राहकको सिम (Terminate) अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र रु. ५६० Reconnectin Fee भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ । सिम Terminate भएको १८० दिन पश्चात कम्पनीले सिम Recycle गर्नसक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री-वितरण गर्न सक्दछ । 
 
यस्तै विदेश जाँदा सँगै लगेको Prepaid÷Postpaid SIM Online Banking, भुक्तानी सेवा प्रदायक आदि मार्फत विदेशबाटै  Top Up  गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्छ । यसरी अवधि थप गर्दै Active अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउनासाथ सहज रुपमा प्रयोगमा ल्याउन सकिने जोशील जानकारी दिए ।

प्रकाशित मिति: : 2020-07-23 23:33:32

प्रतिकृया दिनुहोस्