‘यु विल नेभर वाक एलोन’

नेपाल लाइभ

काठमाडौं

 लिभरपुलले उत्साहको नयाँ रात गजवले बितायो। विश्वभरका समर्थकसँगै। ३० वर्षको पर्खाइले होला लिगको उपाधि गएका वर्षभन्दा भिन्न लाग्यो। आफ्नो मैदानमा दर्शकसँग हुन नपाएको खल्लोमा पनि खेलाडीहरु सबै भुलेर झुमे। अनौठा प्रकाश, संगीत र आतशबाजीसँगै। 

त्यही उत्सवमा गुञ्जिरहेको थियो- ‘यु विल नेभर वाक एलोन।’ 

यदि अहिले कोरोना माहामारीले दर्शक नरोकिएका हुन्थे भने उनीहरु एन्फिल्डमा चर्को स्वरमा यही गीत गाइरहेका हुने थिए। त्यसैले खेलाडीहरु प्रशिक्षक र पदाधिकारी सबै मिलेर काँध जोडेर गाए- ‘यु विल नेभर वाक एलोन’ 

लिभरपुल मन पराउनेहरुले त्यतिबेला पक्कै आँसु थाम्न सकेनन्। गजवको गीतसँगै जोडिएको भावना छोपेर पनि कसरी छोपिनु। त्यसले लिभरपुलको ऐतिहासिक उपलब्धीलाई भावनात्मक रुपमा जोड्ने मात्र होइन क्लबको विरासत र संस्कृति पनि बुझाउँछ। त्यसैले योर्गेन क्लोप र उनको टिमले मात्र होइन हरेक समर्थकले शीर ठाडो बनाउन पाएका छन्। 

प्रकाशित मिति: : 2020-07-24 00:17:18

प्रतिकृया दिनुहोस्