कोरोना महामारीपछिका कार्यालय

नेपाल लाइभ

काठमाडौं

धेरै देश कोभिड-१९ र त्यसले निम्त्याएको लकडाउनबाट कसरी सावधानीपूर्वक बाहिर निस्किने भन्ने विषयमा सोच्दै गर्दा हामीमध्ये कतिपय भने अफिसमै गएर कहिले काम गर्ने होला भनेर सोच्दैछौँ। तर, कोरोना भ्याक्सिनको अभावमा कामदारहरु सुरक्षित साथ कार्यालयमा काम गर्ने वातावरण बन्नका लागि कामको तौरतरिकामा परिर्वतन हुनु जरुरी छ। 

विज्ञहरूका अनुसार कर्मचारीलाई अफिसमै काम गर्ने वातावरणको निर्माणका लागि उनीहरुको मनोबल बढाउनु पर्ने हुन्छ। अल्पकालीन उपायका रुपमा कर्मचारी समायोजन गर्ने प्रक्रियामा जान सकिन्छ। जसका लागि एकै समयमा सबै कामदार अफिस आउनुपर्ने स्थितिलाई कम गर्न सकिन्छ। दीर्घकालीन उपायका रुपमा अफिसको डिजाइनलाई परिर्वतन गर्दै अफिसको स्वच्छता बढाउने उपायमा विशेष ध्यान दिनुपर्छ।

कार्यालय सुचारु गर्ने पहिलो चरणमा अफिसको डिजाइनमा केही परिर्वतन गर्दै कर्मचारीको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन् युनिस्पेसका ग्लोबल स्ट्राटिजी डाइरेक्टर अर्बट डि प्याजोला। ‘हामी भाइसरसँग धेरै वर्ष सँगै बस्यौं होला तर हाम्रो पुस्ताले महामारीको अनुभव गरेको यो पहिलो पटक हो। त्यसैले त्यो काल्पनिक होस् अथवा वास्तविक रूपमा, हामी हाम्रो स्वास्थ्यको जोखिमलाई लिएर उच्च सतर्क भएका छौँ। यस्तै कम्पनी सञ्चालक पनि कामका दौरान कोही कर्मचारी अस्वस्थ भएमा त्यसले उसलाई पार्ने आर्थिक बोझका विषयमा उच्च सतर्क भएका छन्।’

प्रकाशित मिति: : 2020-07-26 08:21:49

प्रतिकृया दिनुहोस्